आईसीसीद्वारा टी–ट्वान्टी विश्वकपमा दिइने पुरस्कार राशी घोषणा

काठमाडौंः अस्ट्रेलियाको मेलबर्नमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको पुरस्कार राशी घोषणा गरिएको छ।
शुक्रबार साँझ आईसीसीले एक ट्वीट गर्दै विजेता टीमलाई १६ लाख अमेरिकी डलर पुरस्कार दिइने उल्लेख गरेको छ।
यस्तै दोस्रो हुने टीमले ठ्याक्कै आधा रकम पुरस्कार स्वरूप पाउनेछ भने तेस्रो हुने टोलीलाई ४ लाख अमेरिकी डलर पुरस्कार दिइनेछ।
१६ अक्टोबरदेखि सुरु भएर एक महिनासम्म चल्ने विश्वकपमा १६ टीम सहभागी हुँदैछन्। प्रतियोगितामा चार टोली सुपर–१२ मा आएर बाहिरिनेछन्। उनीहरूलाई पनि ७० हजार डलर पुरस्कार दिइनेछ।
सुपर १२ मा पुगेका आठ टिममा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन्।
The prize pot for the 2022 #T20WorldCup in Australia has been revealed 👀
— ICC (@ICC) September 30, 2022
Full details 👇https://t.co/Vl507PynsJ
असोज १४, २०७९ शुक्रबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।