काबुलको ट्युसन सेन्टरमा आत्मघाती विस्फोट, १९ जनाको मृत्यु

एजेन्सीः अफगानिस्तानको राजधानी काबुलमा परीक्षा तयारीको खोलिएको एक ट्युुसन सेन्टरमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको हो। ट्युन सेन्टरमा विद्यार्थीहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले बताए।
मृत्यु हुनेमा अधिकांश छात्राहरू रहेको घाइते एक विद्यार्थीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरू छन्,’ एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन्।
असोज १४, २०७९ शुक्रबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।