स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच बसम्झौता

काठमाडौंः स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायमका लागि सम्झौता भएको छ।
सम्झौता पत्रमा एसटीसीका तर्फबाट तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौताले डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्ने दुवै कम्पनीको विश्वास छ। सम्झौतापछि स्मार्ट क्यूआर र नेपाल पे क्यूआरका ग्राहले दुवै नेटवर्कभित्र सहजै क्यूआर भुक्तानी गर्न सक्नेछन्।
हाल नेपाल पे क्यूआरमा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध छन्।
असोज १४, २०७९ शुक्रबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।