मनसुनी वायुको सामान्य प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा हुने जनाएको छ। हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण केही प्रदेशका एक-दुई स्थानमा वर्षा हुने भएको हो।
यतिबेला मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
असोज १४, २०७९ शुक्रबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।