बढि भाडा लिन खोज्ने १६ जना कोटेश्वर र नयाँ बसपार्कबाट पक्राउ

काठमाडौंः चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढि भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बिहीबार विहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
आवश्यक कारबाहीको लागि पक्राउ परेका ८ जनालाई प्रहरी प्रभाग कोटेश्वर र ८ जनालाई प्रहरी प्रभाग गोंगबुमा राखिएको छ।
बिहीबार विहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो।
चाडपर्वको समयमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही गर्दै आएको छ।
असोज १३, २०७९ बिहीबार २२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।