गल्छी–त्रिशुली सडकखण्ड ठूलो सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौंः नुवाकोटको गल्छी–त्रिशुली सडकखण्ड अवरुद्ध भएको छ।
जिल्लाको बेलकोटगढी–७ बुधसिंघाटमा ठूलो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
दशैंको समयमा सडक अवरुद्ध बाटो भएर गन्तव्यतर्फ लागेका यात्रुहरू अलपत्र परेका छन्। पहिलो ठूलो भएकाले छिट्टै पन्छिने सम्भावना कम छ।
व्यस्त सडक भएकाले धनजनको क्षति भएको हुनसक्ने स्थानीयको अनुमान छ। यद्यपि प्रहरीले अहिलेसम्म त्यस्तो केही नभेटिएको जनाएको छ।
असोज १३, २०७९ बिहीबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।