राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, ‘मर्यादित’ पोशाक लगाएर आउन आग्रह

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, ‘मर्यादित’ पोशाक लगाएर आउन आग्रह

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार प्रेस नोट निकालेर असोज १९ गते टीकको दिन तीन घण्टा टीका लगाइदिने भएकी हुन्।

राष्ट्रपतिबाट टीकाप्रसाद ग्रहणका लागि सम्माननीय, माननीय र विशिष्ठ व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्मको  समय तोकिएको छ भने सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म समय तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

इच्छुकले प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेर टीकाप्रसाद ग्रहण गर्न सक्नेछन्। टीकाप्रसाद ग्रहण गर्न आउँदा ‘मर्यादित’ पोशाक लगाउनुपर्ने प्रेस–नोटमा उल्लेख छ।

असोज १३, २०७९ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।