दोस्रो कार्यकाल सकेर अमेरिका फर्कँदै राजदूत बेरी, राष्ट्रपतिसँग गरे बिदाई भेट

दोस्रो कार्यकाल सकेर अमेरिका फर्कँदै राजदूत बेरी, राष्ट्रपतिसँग गरे बिदाई भेट

काठमाडौंः आफ्नो कार्यकाल सकिन लागेसँगै अमेरिकी राजदूत ¥यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेका छन्।

बिहीबार राष्ट्रपतिको कार्यालय शितलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीच रहिआएको द्धिपक्षीय समबन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

चारवर्षअघि २५ अक्टोबर २०१८ मा राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेर आफ्नो कार्यकाल सुरु गरेका थिए।

त्यसअघि सन् २००७–२००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासको डेपुटी चिफ अफ मिसनको रूपमा काम गरिसकेका राजदूतले नेपालमा आफ्नो दोस्रो कार्यभार सम्हालेका हुन्।

असोज १३, २०७९ बिहीबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।