पाँचथर र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाँचथर र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर: पाँचथर र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ वर्षीय भीमबहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ वर्षीय चन्द्रराज दाहाल रहेका छन्।

हिजो अपराह्न साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को४प ८९९९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडकखण्डमा को२च ८४४ नम्बरको पिकअप भ्यानले साइकलयात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाइते भएका दाहाललाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

ठक्कर दिने पिकअप र चालक सञ्जीवकुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

असोज १३, २०७९ बिहीबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।