मापसे गरेर सवारी चलाउने १५९ र फुटपाथमा पार्क गर्ने २४५ जना चालक कारबाहीमा

मापसे गरेर सवारी चलाउने १५९ र फुटपाथमा पार्क गर्ने २४५ जना चालक कारबाहीमा

काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरेको छ। हिजो उपत्यकाका विभिन्न स्थानबाट तीन हजार ४०९ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्क गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १२६, ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना चालक कारबाहीमा परेका हुन्।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६७ जना पनि कारबाहीमा परेका छन्। 

एकतर्फी सडकमा सोविपरीत चलाउने ५३ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरू रहेका छन्।

असोज १३, २०७९ बिहीबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।