बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो। 

मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौंको सितापाइलामा निधन भएको हो। स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, एमालेका नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी छन्।

मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौंडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उनीहरू काठमाडौं आउनेबित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ।

असोज १३, २०७९ बिहीबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।