कमेडियन हिमेशको सांसद बन्ने रहर, स्वतन्त्र पार्टीमा धादिङमा उम्मेदवार बन्दै

कमेडियन हिमेशको सांसद बन्ने रहर, स्वतन्त्र पार्टीमा धादिङमा उम्मेदवार बन्दै

काठमाडौँ : स्ट्यान्ड अप कमेडी मार्फत नेताहरूमाथि तिखो ब्यङग्य गरेर चर्चामा आएका हिमेश पन्तलाई राजनीतिको चस्का लागेको छ। यो चस्का स्टेजमा कमेडी देखाउन हैन आफैँ राजनीतिको मैदानमा उत्रिने।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा धादिङ १ बाट उम्मेदवार बन्ने भएका छन्। उनलाई पार्टीले सांसद टिकटका लागि नाम समेत सिफारिस गरिसकेको छ।

उनी कमेडी सम्बन्धी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनका विजेता समेत हुन्। उनी धादिङका स्थानीयवासी हुन्।

असोज १२, २०७९ बुधबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।