
बिहीबार ०१ साउन, २०८२
१९ वर्षिया युवतीलाई घरमा बोलाएर बलात्कार गरेको आरोपमा चन्द पक्राउ

भक्तपुर : १९ वर्षीया युवतीको बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका-९ बोडेका ४९ वर्षीय टेक बहादुर चन्द पक्राउ परेका छन्।
बैतडी सिगास गाउँपालिका-५ घर भई भक्तपुरमा बस्दै आएका चन्दले आफ्नै घरमा ती युवतीलाई बलात्कार गरेको आरोप छ। उनलाई प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले पक्राउ गरेको हो।
बलात्कारको जाहेरीपछि प्रहरीले चन्दलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरीले पीडित युवतीको स्वास्थ्य परिक्षण र घटनास्थलको मुचुल्का गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
असोज १२, २०७९ बुधबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।