ठुलो दललाई बालेन शाहले जस्तै झड्का दिने लिङदेनको दाबी

ठुलो दललाई बालेन शाहले जस्तै झड्का दिने लिङदेनको दाबी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको सरकार बने एक व्यक्ति २ पटक मात्रै प्रधानमन्त्री बन्न सक्ने निर्णय गर्ने दाबी गरेका छन्। उनले आफैँ विभाजित भएकाले राप्रपा हारेको भन्दै उनले अझै पनि जितिन्छ र भन्ने हिनभावना कायम रहेको भन्दै उनले आ-आफ्नो क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अगाडि बढ्न आग्रह गरे।

उनले रवीन्द्र मिश्र समूहलाई पार्टीमा प्रवेश गराउँदै देश परिवर्तन गर्ने हो भने राप्रपामा सहभागी हुन अन्यलाई पनि आग्रह गरे। उनले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दाबी गरे।

उनले धरान र काठमाडौँ महानगरपालिकाको स्थानीय तहको निर्वाचनको नतिजाले परिवर्तन सम्भव रहेको र मतदाता परिवर्तनको पक्षमा रहेको भन्दै भने'काठमाडौँमा बालेन शाह उठ्दा कति ल्याउँला र त्यही १०-२० हजार ल्याउँला भनेर खिसीटिउरी गरे। तर बक्सा खोल्दा देखियो कसले जित्यो।'

उनले ठुला दलका उम्मेदवारहरूलाई बालेनले झड्का दिए जस्तै राप्रपा आउँदो संसद्मा पहिलो पार्टी बन्न सक्ने दाबी गरे।

असोज १२, २०७९ बुधबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।