विवेकशील साझाको निवर्तमान अध्यक्षको हैसियतमा मिश्र गए राप्रपामा
काठमाडौँ : वैकल्पिक शक्तिको निर्माण भन्दै विवेकशील साझा पार्टीको नेतृत्व गर्दै आएका रवीन्द्र मिश्र साझाको निवर्तमान अध्यक्षको हैसियतमा आफ्नो समूहसहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
बुधवार काठमाडौँको राष्ट्रियसभा गृहमा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर राणा र बुद्धिमान तामाङले उनलाई स्वागत गरेका थिए। कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए।
घोषणा पत्र अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन्। मिश्रसँगै राप्रपामा आएका विवेकशील साझाका नेताहरूको एक साताभित्रमा कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन गर्ने र प्रदेश र अन्य तहको समितिको समायोजन गर्न ४ सदस्यीय कार्यदल बनाउने उल्लेख छ।
असोज १२, २०७९ बुधबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।