राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौंः विवेकशील साझा पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन्।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

दिउँसो १ बजे राष्ट्रियसभामा हुने कार्यक्रममा मिश्रलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याउनेछन्।

असोज १२, २०७९ बुधबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।