ट्याक्टरबाट खसेर खोटाङमा एक जनाको मृत्यु

ट्याक्टरबाट खसेर खोटाङमा एक जनाको मृत्यु

खोटाङः जिल्लामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपाकोट मझुवागढी नगरपालिका २ सोल्माडाँडाका ५६ वर्षीय टेक बहादुर राई रहेका छन्।

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्याक्टरबाट खसेका हुन्।

गम्भीर घाइते राईको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो।

ट्याक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ।

असोज १२, २०७९ बुधबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।