नेपालगञ्ज भन्सारको गेटमा ठोक्किएर एक भारतीय नागरिकको मृत्यु

नेपालगञ्ज भन्सारको गेटमा ठोक्किएर एक भारतीय नागरिकको मृत्यु

बाँकेः जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ।

असोज १२, २०७९ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।