कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत

काठमाडौंः नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनित भएका छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उहाँलाई मंगलबार समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
असोज ११, २०७९ मंगलबार २१:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।