सुरक्षाका कारण स्थगित नेपाल टी–ट्वान्टी मंसिर २६ देखि हुने

सुरक्षाका कारण स्थगित नेपाल टी–ट्वान्टी मंसिर २६ देखि हुने

काठमाडौंः सुरक्षाको कारण देखाउँदै सारिएको पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ।

लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृति दिएसँगै प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको नेपाल टी–ट्वान्टीलाई सरकारले सुरक्षा प्रदान गर्न नसक्ने जनाएको थियो। गृह मन्त्रालयले क्यानलाई निर्वाचनको समय भएकाले प्रतियोगितामा सुरक्षा दिन नसक्ने पत्र काटेको थियो।

असोज ११, २०७९ मंगलबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।