भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा एक पुरुष पक्राउ

भक्तपुर: १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापा रहेका छन्।
गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती करणी गरी फरार रहेका थापालाई मंगलबार पक्राउ गरिएको प्रहरी वृत्त, ठिमीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असोज ११, २०७९ मंगलबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।