थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो।
१ हजार ७ सय २९ जनाको पीसीआर र २ हजार १ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मंगलबार ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
असोज ११, २०७९ मंगलबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।