सिलौटोले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

धनुषा : श्रीमतीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज ११, २०७९ मंगलबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।