८० वर्षीया सरस्वतीलाई लुट्ने तीन जना लुटेकै दिन पक्राउ

८० वर्षीया सरस्वतीलाई लुट्ने तीन जना लुटेकै दिन पक्राउ

इलाम: माई नगरपालिका-४ की ८० वर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

आइतबारै बिहान ६ बजे वृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरू र नगद समेत लुटपाट भएको थियो।  सूचना पाएपछि प्रहरी चौकी दानावारीबाट खटिएको टोलीले मेचीनगर-३ झापाका २५ वर्षीय कुमार मगर, ३१ वर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ वर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३१३ रुपैयाँ बरामद भएको छ। पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज ११, २०७९ मंगलबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।