चार सय रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो। जसअनुसार आजको मूल्य एक हजार १५० रुपैयाँ रहेको छ।
असोज ११, २०७९ मंगलबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।