रवीन्द्र मिश्र सहअध्यक्ष बनेर भोलि समूहसहित राप्रपामा समाहित हुने

काठमाडौं: विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने भएका छन्। हालसालै विवेकशील साझा परित्याग गरेका मिश्र समूहसहितै राप्रपामा समाहित हुने भएका हुन्।
मिश्रले हाल बृहत् ध्रुवीकरण समूहको नेतृत्त्व गरिरहेका छन्। सो समूह बुधबार काठमाडौंमा आयोजित एकता घोषणा सभामार्फत राप्रपामा समाहित हुने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
मिश्रलाई राप्रपामा सहअध्यक्षको पद दिने सहमति भएको छ।
असोज ११, २०७९ मंगलबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।