ट्र्याक्टरबाट खसेर १७ वर्षीय किशोरको मृत्यु

ट्र्याक्टरबाट खसेर १७ वर्षीय किशोरको मृत्यु
साङ्केतिक तस्बिर

दैलेख: जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका- ५ खापरथानमा हिजो साँझ ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन्।

खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे२त ११७३ नम्बरको ट्र्याक्टरबाट हिजो साँझ ८ बजे नेपाली खसेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नवीन मेडिकल हलमा मृत्यु भएको हो। ट्र्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ।

असोज ११, २०७९ मंगलबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।