नेपाल र बङ्गलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं: नेपाल र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबीच आज दशरथ रङ्गशालामा खेल हुँदैछ। मैत्रीपूर्ण फुटबल खेल आज साँझ ५:३० बाट सुरु हुनेछ।
प्रि म्याच कनफरेन्समा नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन्। नेपाली टोली घरेलु मैदानमा जित निकाल्न सक्नेमा विश्वस्त पनि देखिएको छ।
यस्तै बङ्गलादेश पनि यसअघि कम्बोडियालाई मैत्रीपूर्ण खेलमै हराएकाले आत्मविश्वासी देखिएको छ। नेपाललाई घरेलु मैदानमै हराउने उसको लक्ष्य छ।
हालसम्म यी दुई टोली २४ पटक एकापसमा भिड्दा १२ पटक बङ्गलादेशले बाजी मारेको छ। नेपालले हालसम्म सात खेल मात्रै जितेको छ। यस्तै पाँच खेलमा बराबरीको नतिजा निस्किएको थियो।
असोज ११, २०७९ मंगलबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।