दशैंको दोस्रो दिन: ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडौं: नेपालीहरूको महान् चाड दशैंको आज दोस्रो दिन हो। आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ।
ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा लिने गरिन्छ। ब्रह्मचारिणी देवीलाई सख्खर चढाएर पूजा अराधना गरेमा तथा दान गरेमा कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन सकिने तथा हरेक प्रकारको अनिष्ट नाश हुने विश्वास गरिन्छ।
शास्त्रहरूमा उल्लेख भएअनुसार उनको पूजा गर्नाले ब्रह्मअनुसार आचरण गर्ने शक्ति पनि प्राप्त हुने र ब्रह्मचर्य जस्तो परम् पदमा पुग्न सकिन्छ।
ब्रह्मचारिणीको पूजा अराधना गर्न देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड हुने गर्दछ।
असोज ११, २०७९ मंगलबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।