मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको हो।
यतिबेला मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज ११, २०७९ मंगलबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।