देशभरका १० हजार ८८८ मतदान स्थलको विवरण सार्वजनिक, तपाईको वडामा कति वटा? (सूचीसहित)

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कायम मतदानस्थल हरूको विवरण सार्वजनिक गरेको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलहरूको विवरण सार्वजनिक गरेको हो। निर्वाचनका लागि यसपटक १० हजार ८८८ मतदान स्थल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।
यसअघिको निर्वाचमा १० हजार ७५६ मतदानस्थल रहेकोमा पुनरावलोकन गरेर ४०१ मतदानस्थल हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।
असोज १०, २०७९ सोमबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।