शताब्दी पुरुष भेट्न पोखरेल किष्ट अस्पतालमा

काठमाडौंः एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पोखरेल सोमबार ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा उपचाररत छन्।
उनले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे।
शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भेट्न आएकोमा पोखरेललाई धन्यवाद दिए।
चिकित्सकहरूले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन्।
असोज १०, २०७९ सोमबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।