थप ५३ जनालाई कोरोना, ८४ संक्रमणमुक्त

थप ५३ जनालाई कोरोना, ८४ संक्रमणमुक्त

काठमाडौंः नेपालमा थप ५३ जना कोरोना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको २ हजार ६२४ जनाको परीक्षणमा ५३ जनामा संक्रमण देखिएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अुनसार सोही अवधिमा ८४ जना संक्रमणमुक्त भएका छन्। देशभर १ हजार १७८ जना सक्रिय संक्रमित छन्।

कोरोनाकै कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले सार्वजनिक गरेको विवरण उल्लेख छ।

असोज १०, २०७९ सोमबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।