सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीले लगाइदिए चालकलाई फूलमाला

काठमाडौं: चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए।
दशैं, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ। यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि उनले बताए।
असोज १०, २०७९ सोमबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।