यी चार दिन मोटरसाइकल समेत न्यूरोड छिर्न नदिइने

यी चार दिन मोटरसाइकल समेत न्यूरोड छिर्न नदिइने

काठमाडौंः न्यूरोड क्षेत्रमा चार दिन सवारी आवागमन निषेध गरिने भएको छ।

न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै चार दिन न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रे सवारी साधनहरूलाई निषेध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जनाएको छ।

घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजे देखि साँझ सवारी चाप सामान्य नहुन्जेल सम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइको कार्यालयले जनाएको छ।

असोज १०, २०७९ सोमबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।