ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरममा सहभाग हुन वनमन्त्री यादव अमेरिकातर्फ

ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरममा सहभाग हुन वनमन्त्री यादव अमेरिकातर्फ

काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिकातर्फ लागेका छन्। यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका गएका हुन्।

अमेरिकी सरकारको निम्तोमा गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्नेछन्।

यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्न विश्वव्यापीरूपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्ने बताइएको छ।

असोज १०, २०७९ सोमबार ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।