सिक्लेस हाइड्रोपावरको आईपीओ भर्नुभएको छ ? भोलि बाँडफाँट हुँदैछ है

काठमाडौं: सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुँदैछ। मङ्गलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ।
कम्पनीले ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट भएको छ। बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि १५ लाख ३८ हजार ८३८ जनाले आवेदन दिएका थिए।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बी प्लस आईएस' रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
असोज १०, २०७९ सोमबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।