म्याजिक भ्यानले ठक्कर दिँदा ड्युटीमा जाँदै गरेका दुई प्रहरी गम्भीर घाइते

बारा: फेटा गाउँपालिका- १ भलुही चोकमा गए राति म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा जाँदै गरेका दुई प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन्। मोटरसाइकल चालक पर्साको पोखरीया नगरपालिका- ३ घर भइ ईलाका प्रहरी कार्यालय निजगढ बारा दरबन्दी भएर जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार नन्दु साह कानु र मोटरसाइकलमा पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका- २२ घर भइ ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहट दरबन्दी भएर जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी कार्यालय सहयोगी असलोक प्रसाद यादव घाइते भएका छन्।
उनीहरूको एनएमसी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना१ज ७७६० नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट आउँदै गरेको ना१९प २३९० नम्बरको मोटरसाइकललाई गए राति पौने ११ बजे ठक्कर दिएको हो।
म्याजिक भ्यान चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले जनाएको छ।
असोज १०, २०७९ सोमबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।