कहाँ-कहाँ हुँदैछ आज वर्षा?

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले केही स्थानमा वर्षा हुने भएको हो।
यतिबेला प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज १०, २०७९ सोमबार ०७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।