दशैमा खसी-बोका मात्रै हैन लागुऔषध पनि भित्रिरहेका छन् भारतबाट

दशैमा खसी-बोका मात्रै हैन लागुऔषध पनि भित्रिरहेका छन् भारतबाट

काठमाडौँ : दशैको माहौललाई लक्षित गरेर भारतहुँदै काठमाडौँ भित्रिएको १२ हजार एम्पुल बढीका ब्रुपिनर्फिन, डाइजेपाम र फेनारगन सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले एकै अप्रशेनमा १२ हजार ७ सय ५८ एम्पुल यस्ता लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरोले एक अप्रेसनमा ९ हजार ५ सय २० एम्पुल लागु औषध फेला पार्यो। ललितपुर महानगरपालिका वडा नम्बर ५ थसीखेल स्थित सडक किनारबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यानमा लुकाएको अवस्थामा ती लागुऔषध फेला परेको ब्युरोको दाबी छ।

ब्युरोले नौ हजार एम्पुलसहित अर्जुन ढकाललाई पक्राउ गरेको थियो। ढकाललाई हिरासतमा राखेर अनुसन्धान गर्दा उनी संलग्न न्यु एन्जल कम्पनीको गाडीका सह-चालक अजय महतो र चालक रामबहादुर तिम्सिनामाथि निगरानी राखेर जाँच गर्दा थप ३ हजार एम्पुल लागुऔषध बरामद भएको थियो।

प्रहरीले यी लागुऔषध दशैको माहौलमा खपत गराउने योजनासहित काठमाडौँ भित्रिएको आशङ्का गरेको छ। ब्युरोले ५० ग्राम खैरो हेरोइन सहित सन्चिप राई र सुजन हेल्मोलाई समेत पक्राउ गरेको छ।

असोज ९, २०७९ आइतबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।