गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनमा आवेदन नै परेन

काठमाडौं: भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेण्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन। आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेण्डर गर्ने तयारी गरेको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए। उनले भने, “दुई पटक टेण्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन्। अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ।”
प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो। कम्पनीले पाँच वर्षको करिब रु ५७ करोड बुझाउनुपर्छ। अहिले विमानस्थलको टर्मिनलमा बैंकका आउटलेट मात्रै छ।
टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले टर्मिनल भवनमा सञ्चालित आउटलेट व्यवस्थापन लिनेछ। प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाई पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ।
असोज ९, २०७९ आइतबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।