एकैदिन तोलामा एक हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

जसअनुसार आज चाँदी तोलामा एक हजार १७० रुपैयाँ कायम भएको छ।

असोज ९, २०७९ आइतबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।