बसुन्धारामा ट्याक्सी र स्कुटर ठोकिँदा प्रहरी कास राजुको मृत्यु

काठमाडौं: बसुन्धारामा गए राति ट्याक्सी र स्कुटर एकापसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट- ३ घर भई प्रहरी वृत्त महाराजगञ्ज दरबान्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। नारायणगोपाल चोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा२ज ११९२ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा९१प ५४०३ नम्बरको स्कुटर गए राति पौने २ बजे आपसमा ठोकिएका हुन्।
ट्याक्सीसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।
असोज ९, २०७९ आइतबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।