सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज अत्यधिक वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ।
भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ। यतिबेला प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भीषणदेखि धेरै भीषण वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भीषण वर्षाको सम्भावना देखिन्छ।
आज राति प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
असोज ९, २०७९ आइतबार ०७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।