न्याय नपाए खबरदारी सभा गर्नू !

काठमाडौंः नेपाली कांग्रेस संस्थापक इतर समूहले न्याय नपाएपछि खबरदारी सभा गरेको छ।
आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गर्दै उनीहरूले खबरदारी सभा गरेका हुन्।
खबरदारी सभामा संस्थापन इतर समूहका नेताहरूले समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन्।
नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए।
‘पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौं’, उनले भने।
कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औं महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए।
उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राखे।
कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताए।
असोज ८, २०७९ शनिबार २२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।