टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल, स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट

काठमाडाैं : आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ।
आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरूले स्मार्ट वेल्थप्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन्।
डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन्।
उनले आइएमई पेका ग्राहकहरूलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन्।
असोज ८, २०७९ शनिबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।