१० जना मृत अवस्थामा भेटिए

काठमाडौंः देशका विभिन्न ठाउँमा एकै दिन १० जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रे रोशीखोला गाउँपालिका–१० घर भएका ६५ वर्षीय राम बहादुर तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
ललितपुर, गोदावरी नगरपालिका–१३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुन आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
भक्तपुर, भक्तपुर नगरपालिका–६ डेकोचा महाकाली डेरा गरी बस्ने काभ्रे घर भएका ३५ वर्षीय रोशन थापा सोही ठाउँस्थित शौचालयमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
बारा, करैयामाई गाउँपालिका–४ बस्ने मंसुर अंसारीकी छोरी ८ वर्षीया मुस्कान खातुन सोही गाउँपालिका–२ स्थित राजदेवी माई पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
धनुषा, जनकपुर उपमहानगरपालिका–८ स्थित रत्नसागर पोखरीमा सोही ठाउँ बस्ने १९ वर्षीय कमल मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
रौतहट, यमुनामाई गाउँपालिका–४ चपुर गौरस्थित सरुअठा चोकमा राजपुर नगरपालिका–६ बस्ने ५० वर्षीय एनुल मन्सुरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
महोत्तरी, मटिहानी नगरपालिका–१ छोटका धिरापुर बस्ने ४० वर्षीया अमना खातुन सोही ठाउँस्थित बिगही खोला किनारामा रहेको बाँसको झ्याङ्ग छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। घरबाट घाँस काट्न भनी हिँडेकी उनी घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।
सर्लाही, हरिवन नगरपालिका–६ स्थित साईफन नहरमा सोही नगरपालिका–११ बस्ने ६५ वर्षीया भक्तमाया खड्का शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
पर्सा, कालिकामाई गाउँपालिका–४ कट्टी बालुवा बस्ने बिजय साहकी छोरी १३ वर्षीया गिरिजा कुमारी साह आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
चितवन, भरतपुर महानगरपालिका–१८ गाजिपुरस्थित नारायणी नदीको बीच टापुमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
घटनास्थल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज ८, २०७९ शनिबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।