लोहोराले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँचीः श्रीमतीको हत्या अभियोगमा जिल्लाका एक पुरुष पक्राउ परेका छन्।
५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका–३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
असोज ८, २०७९ शनिबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।