थप ७४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप ७४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ हजार १२६ जनामा गरिएको परीक्षणमा ७४ जनामलाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमित १ हजार २८३ रहेका छन्। जसमध्ये आईसीयूमा १० जना उपचाररत छन्।

यस दिन संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।

असोज ८, २०७९ शनिबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।