नेपाली रेलमा ‌‌ओली सरर... (पाँच तस्बिर)

नेपाली रेलमा ‌‌ओली सरर... (पाँच तस्बिर)

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा अोली जनकपुर पुगेका छन्।

यसअघि कांग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका उनी १८ दिनपछि पुनः जनकपुर गएका हुन्।

शनिबार जनकपुर पुगेका उनले जनकपुर–जयनगर रेलसमेत चढे। उनले आफ्नो नाममा काटेको रेलको टिकट देखाउँदै नेपालकै रेल चढ्न पाउँदा खुसी लागेको बताए। उनी चढ्ने भनेपछि रेल निर्धारित समयभन्दा १ घण्टा ढिलो चलाइएको थियो।

दैनिक रुपमा ११ बजे जयनगरका लागि  जनकपुरबाट रेल छुट्ने भए पनि शनिबार ओलीका कारण १२ बजेमात्र चलेको हो।

रेल्वे सञ्चालन पश्चात पहिलो पटक शनिबार रेल चल्न ढिलो भएको हो। रेलमा ५६ जना एसी र ८६ जनाका लागि सामान्यतर्फको टिकट काटिएको थियो।

असोज ८, २०७९ शनिबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।